नीति तथा कार्यक्रममा स्वास्थ्यसम्बन्धी सरकारले समेटेका विषय यस्ता छन् : यस वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य बिमा कार्यक्रमकाे पुनरावलोकन गरिने बताइएको छ । सरकारले स्वास्थ्य बिमा सुरु गरेको ७ वर्ष भइसक्दा पनि सेवा भने प्रभावकारी बन्न सकेको छैन । वि.सं. २५ चैत २०७२ साल देखि नेपालमा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको थियो । ६० औँ महालेखाले प्रतिवेदनले पनि स्वास्थ्य बिमा सेवाको प्रभावकारितामाथि पनि प्रश्न उठाएको थियो । प्रतिवेदनले स्वास्थ्य बिमा कार्यक्रम दिगो रूपमा सञ्चालन हुन कठिनाइ देखिने उल्लेख गरेको छ । सरकारले प्रदेशस्तरमा सेन्टर फर एक्सिलेन्सको रूपमा राष्ट्रिय र प्रदेशस्तरीय टेलिमेडिसिन सेन्टर स्थापना गर्दै लगिने योजना रहेको बताएको छ । प्रत्येक वडामा आधारभूत स्वास्थ्य परीक्षण तथा उपचारसहितको स्वास्थ्य केन्द्र स्थापना गरिने भनिएको छ । अशक्त, असहाय र ज्येष्ठ नागरिकलाई घरदैलोमै आधारभूत स्वास्थ्य सेवा प्रदान गरिने कार्यक्रममा उल्लेख छ । आधारभूत अस्पतालहरूमा एक एमडिजिपी, एक महिला तथा प्रसूति रोग विशेषज्ञ, कम्तीमा तीनजना मेडिकल अधिकृत र आवश्यक न...
https://www.slideshare.net/BikashDangaura1/international-classification-of-diseasespptx-257860675